काठमाण्डौं, भदौ १८ :
बाँकेको नरैनापुरमा झाडा पखालाका कारण ४ जनाको मृत्यु भएको छ ।
नरैनापुर –३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले भारतीय सिमासंग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनसाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको जानकारी गराउनु भयो ।
अत्यधिक गर्मी र फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।