भैरहवा, वैशाख २९ :

प्रधानमन्त्री केपी ओली  २५६९औं बुद्धजयन्तीका अवसरमा आयोजित  कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।

प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी छन् ।

प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।