मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार प्रदेश कर्णाली प्रदेश

जिप दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ वैशाख, २०८२ मा प्रकाशित
जिप दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
रुकुमपश्चिम, वैशाख २९ :

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङबाट कुलपूजा गर्न रुकुमपश्चिम आएर फर्कनेक्रममा लुप्र ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना हुँदा श्रीमान र श्रीमतीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका –१० घर भई हाल दाङको तुल्सीपुरमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओली र उनकी श्रीमती ४४ वर्षीया लिला ओलीको मृत्यु भएको हो ।

नरबहादुरको घटनास्थलमै मृत्यु भएको भएको थियो भने उनकी श्रीमतीको उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परेका अन्य दुई जना गम्भीर घाइते छन् । उनीहरुलाई उपचारको लागि अहिले चौरजहारी अस्पतालमा लगिएको छ । गाडी सडकबाट करिव पाँचसय मिटर तल खसेको थियो ।  ब्रेक फेल भएर सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार