सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश भएन, दुवै पक्षलाई छलफलमा बोलाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० वैशाख, २०८२ मा प्रकाशित
निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश भएन, दुवै पक्षलाई छलफलमा बोलाइयो
काठमाडौं, वैशाख ३० :

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा नियुक्त निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन। मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि आगामी जेठ ४ गते बोलाउने आदेश दिएको छ ।

अधिवक्ता नवीन धितालले अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै रिट दायर गरेका थिए। उनले अधिकारी राष्ट्र बैंकका गभर्नर पदमै कार्यरत रहँदा सिफारिस समितिमा पूर्वगभर्नरको हैसियतमा नियुक्त गरिएको भन्दै त्यसलाई अवैधानिक बताएका छन् ।

धितालले अधिकारीको नियुक्ति अमान्य ठहरिए सिफारिस समितिबाट हुने गभर्नरको सिफारिस पनि वैधानिक नहुने दाबी गर्दै कामकारबाही रोक्न अन्तरिम आदेश माग गरेका थिए। तर सर्वोच्च अदालतले तत्काल आदेश जारी नगरी दुवै पक्षको छलफलपछि मात्र निर्णय गर्ने संकेत दिएको हो ।

गभर्नर सिफारिस समितिका सदस्य रहेका पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सरकारका तर्फबाट वैशाख १७ मा महाप्रसाद अधिकारीलाई सदस्यका रूपमा नियुक्त गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार