भदौ १८ :

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । 

गएराति भएको खेलमा रियल बेटिसलाई २- ० गोलले हराउँदै रियल मड्रिडले सहज जित निकालेको हो ।

रियल मड्रिडका लागि दुवै गोल फ्रान्सेली स्टार केलियन एम्बाप्पेले गरेका हुन् । उनले खेलको ६७ औँ र ७५ औँ मिनेटमा गोल गरेका थिए ।

एम्बाप्पे फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट यसै सिजन रियल मड्रिडमा अनुबन्ध भएका हुन् ।

यो जितसँगै रियल मड्रिड ४ खेलबाट ८ अङ्क जोडेर अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको १२ अङ्क छ भने पराजित भएको रियल बेटिस २ अङ्क सहित १७ औँ स्थानमा रहेको छ ।