मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार खेलकुद फुटबल

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको जित

· सोमबार, १८ भदौ, २०८१ मा प्रकाशित
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको जित
भदौ १८ :

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । 

गएराति भएको खेलमा रियल बेटिसलाई २- ० गोलले हराउँदै रियल मड्रिडले सहज जित निकालेको हो ।

रियल मड्रिडका लागि दुवै गोल फ्रान्सेली स्टार केलियन एम्बाप्पेले गरेका हुन् । उनले खेलको ६७ औँ र ७५ औँ मिनेटमा गोल गरेका थिए ।

एम्बाप्पे फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट यसै सिजन रियल मड्रिडमा अनुबन्ध भएका हुन् ।

यो जितसँगै रियल मड्रिड ४ खेलबाट ८ अङ्क जोडेर अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको १२ अङ्क छ भने पराजित भएको रियल बेटिस २ अङ्क सहित १७ औँ स्थानमा रहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार