सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार कोसी प्रदेश

सर्वोच्चको आदेशले पाथीभरामा केबलकार निर्माण गर्न बाटो खुल्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
सर्वोच्चको आदेशले पाथीभरामा केबलकार निर्माण गर्न बाटो खुल्यो
फाइल तस्बिर।
काठमाडौं, वैशाख ३१ :

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण गर्न लागिएको केबलकार रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि अब निर्माणको बाटो खुलेको छ।

रिट निवेदक यामबहादुर लिम्बुसहित ८ जनाले पाथीभरा देवी दर्शन केवलकार प्रा.लि.लगायतलाई विपक्षी बनाउँदै २०८१ चैत ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि न्यायाधीश सारंगा सुवेदीको इजलासले केबलकार निर्माण तत्काल रोक्न अल्पकालीन आदेश दिएको थियो। तर, पछिल्लो सुनुवाइमा न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै केबलकार निर्माण अघि बढ्ने भएको हो।

केबलकारले वातावरण विनाश र लिम्बु समुदायको मुन्धुमी संस्कृतिमा असर पार्ने भन्दै विरोध भइरहेका बेला आन्दोलनका क्रममा प्रहरीको बल प्रयोग हुँदा केही स्थानीय घाइतेसमेत भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार