
काठमाडौँ, भदौ १८ :
एन्फा महिला लिग फुटबल अन्तर्गत आज सुदूरपश्चिम प्रदेश र बाग्मती युवा क्लब खेल्दैछन् ।
खेल ललितपुर सातदोबाटो एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हिजोदेखि शुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ ।
हिजो भएको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ४- ० ले हराउँदै कोशी प्रदेशले विजयी सुरुवात गरेको छ।