चितवन, भदौ १८ :

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ- बुटवल सडकको काम चाँडो सक्ने गरी सरकार अघि बढेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज गरेको पत्रकार सम्मेलनमा उहाँले एक वर्षभित्र काम सम्पन्न गर्ने गरी सरकार अघि बढेको बताउनुभयो । 

मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोही अनुसार काम हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बर्सात सकिएपछि कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने पनि प्रष्ट पार्नुभयो ।

यसैगरी उहाँले सरकारले क्युआर कोडसहितको लाइसेन्स जारी गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।