काठमाडौं, जेठ २ :

निर्देशक दीपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘के घर के डेरा : घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।

सहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी-डेरावालाबीचको सम्बन्ध र आमनागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न खोजेको छ ।

चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल, उपासनासिंह ठकुरी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुबिना घिमिरे र सुरज विष्टलगायत कलाकारको अभिनय छ ।

खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् । उनले यसपटक पनि सहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन् ।