बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल [लाइभ]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ जेठ, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल [लाइभ]
काठमाडौं, जेठ २ :

प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ । आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । त्यही दिन संसद्ले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुको धारणा राख्ने क्रम पनि आजै सकिनेछ । बैठकमा सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ पनि दिनेछन् ।

प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि यही प्रस्तावमा छलफल भइरहेको छ ।

हेर्नुहोस् लाइभ :
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार