काठमाडौँ, भदौ १८ :

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज कृषिसँग सम्बन्धित सहकारीका पदाधिकारीसँग छलफल सुरु गरेको छ ।

संसद्ले दिएको कार्यादेश अनुसार आज सिंहदरबारमा जारी छलफलमा सहकारीको रकम दुरुपयोगका सम्बन्धमा छलफल भइरहेको जनाइएको छ ।

समितिले हिजो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला सहकारीका प्रतिनिधिसँग छलफल गरेको थियो । 

समितिले देशभरका सबै स्थानीय तहसँग सहकारी सम्बन्धी विवरण माग गरेको भएपनि अहिले सम्म प्राप्त नभएको जनाएको छ ।

समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायहरूका अधिकारीको भनाइ सुनेर अध्ययन गरिरहेको छ ।

समितिको समय अवधि भदौ २३ मा सकिदैछ । 

नेपाली काँग्रेसको निरन्तरको विरोधपछि संसद्बाट जेठ २३ गते समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन भएको थियो ।