मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार मधेस प्रदेश

धनुषाको वाटरल्यान्ड पार्कमा झडप,प्रहरीद्वारा अश्रुग्यास प्रहार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ जेठ, २०८२ मा प्रकाशित
धनुषाको वाटरल्यान्ड पार्कमा झडप,प्रहरीद्वारा अश्रुग्यास प्रहार
धनुषा, जेठ ३ :

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १, रम्दैयास्थित वाटरल्यान्ड पार्कमा शनिबार विद्यार्थीबीच झडपसँगै तोडफोड भएको छ।

कक्षा १२ का परीक्षार्थीहरूलाई विशेष छुटमा प्रवेश दिने योजनाअन्तर्गत भीड बढेपछि नुहाउने क्रममा विवाद सिर्जना भएको थियो। विवादले उग्ररूप लिँदै झडप र ढुङ्गामुढासम्म पुगेको प्रहरीले जनाएको छ।

झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रयोग गरेको छ। हाल पार्क वरिपरि स्थिति तनावग्रस्त भए पनि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

यसैबीच, पार्कमा तोडफोड तथा झडप गर्ने १० जना विद्यार्थी पक्राउ परेका छन् । विशेष छुटमा नुहाउन पुगेका कक्षा १२ का परीक्षार्थीहरूले तोडफोड गरेका हुन् ।

विद्यार्थीको भिडले सडकमा चल्ने दुईवटा सवारी साधनमा समेत तोडफोड गरेका छन्। पार्कमा लाखौँको क्षति भएको छ । अहिले एकिन विवरण आइसकेको छैन ।

नकपुर-ढल्केवर सडकखण्ड समेत अवरुद्ध गरेर तोडफोड गर्न थालेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो । झडपको क्रममा प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झडपमा ढुङ्गामुढा लागेर पाँचजना प्रहरी समेत घाइते भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार