देशका विभिन्न स्थानमा आज (शनिबार) राति पनि वर्षा, हुरी तथा हिमपातको सम्भावना देखिएको छ ।
जल तथ मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति खासगरी पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ । देशका बाँकी स्थानमा पनि कतै-कतै पानी पर्ने सम्भावना छ ।
यसैगरी चारवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिउँ पर्ने तथा मधेस र कोसी प्रदेशका तराईमा हुरी, हुन्डरी आउने सम्भावना छ ।
शनिबार राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, बागमती र गण्डकी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जनाएको छ । मधेस प्रदेशलगायत कोसी प्रदेशको तराईका भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ ।
-फाइल तस्बिर
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो