बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति प्रदेश गण्डकी प्रदेश

दीपक मनाङेले दिए मन्त्रीबाट राजीनामा

· सोमबार, १८ भदौ, २०८१ मा प्रकाशित
दीपक मनाङेले दिए मन्त्रीबाट राजीनामा
फाइल
पोखरा, भदौ १८ :

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीपक मनाङेले राजीनामा दिनुभएको छ। 

 मन्त्रिपरिषद हेरफेर हुँदा मनाङेको मन्त्रालय फेरिएपछि असन्तुष्टी व्यक्त गर्दै उहाँले राजीनामा दिनुभएको हो । 

आज मात्र गण्डकीमा ९ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको थियो । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङे र फणिन्द्र देवकोटालाई मन्त्री पदबाट नहटाउने बरु मन्त्रालय फुटाएर एमालेलाई सहभागी गराउने अडान राखेसँगै मनाङे पुन: मन्त्री भएका थिए । 

तर उनलाई भौतिक मन्त्रालयको जिम्मेवारीबाट बन मन्त्रालयमा सारिएको थियो । 

मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका हुन ।

मनाङेको राजीनामा भने स्वीकृत भइनसकेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार