बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति कर्णाली प्रदेश

प्रचण्डले भने- विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन गरेका हौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ जेठ, २०८२ मा प्रकाशित
प्रचण्डले भने- विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन गरेका हौं
जाजरकोट, जेठ ६ :

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनताको सुझाव, आलोचना र अपेक्षाअनुसार अघि बढाउन अभियान सञ्चालन गरिएको बताएका छन् ।

जाजरकोट सदरमुकाममा आज आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष दाहालले जनतासँग प्रत्यक्ष रूपमा जोडिन र विकास निर्माणका परियोजनाको अनुगमन गर्न ‘जनसंवाद अभियान’ सुरु गरिएको जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान अन्तर्गत अध्यक्ष दाहाल नेतृत्वको टोलीले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा सहभागीहरूले जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा सडकजस्ता परियोजना अघि बढिरहेका भए पनि नलगाड जलविद्युत् आयोजना अलपत्र परेको भन्दै त्यसलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

अध्यक्ष दाहालले जनताका गुनासा, सल्लाह र सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए । साथै, जाजरकोट भूकम्पबाट प्रभावित नागरिकलाई राहत र पुनर्निर्माणमा सरकारले अझ प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए ।

संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको भन्दै उनले यसको कार्यान्वयन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षणसमेत गराए । अध्यक्ष दाहालले पार्टीले विकास निर्माण र जनसंवादलाई सँगै अघि बढाउने स्पष्ट सन्देशसमेत दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार