बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र बैंक/बीमा भिडियो

नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय- ५ सय र हजारको नयाँ नोट छाप्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ जेठ, २०८२ मा प्रकाशित
नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय- ५ सय र हजारको नयाँ नोट छाप्ने
काठमाडौं, जेठ ७ :

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा उनले पाँच सय र १ हजार रुपैयाँका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताएका छन् । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं,’ पदभार ग्रहणपछि उनले भने ।

उनले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने पनि प्रतिक्रिया दिएका छन् । त्यस्तै राष्ट्र बैंकका नीति निर्णय गर्दा विभिन्न सरोकारवाला सँग पर्याप्त छलफल गर्ने पनि पौडेलले उल्लेख गरेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ ग्रहण गरेलगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको गभर्नरको कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

गत चैत २४ गतेदेखि रिक्त भएको गभर्नरको पदमा पौडेल नियुक्त भएका हुन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १८औं गभर्नरमा नियुक्त गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार