कञ्चनपुर, भदौ १९ :

कञ्चनपुरको बेलौरी नगरपालिका- ७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान नाम गरेको अजिङ्गरको उद्धार गरिएको छ । 

मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको हिजो साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंह पाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारूले जानकारी दिनुभयो । 

उद्धार गरिएको अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको बेलौरी- ३ का वडा सदस्य कमानसिंह चौधरीले बताउनुभयो । 

अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने सामुदायिक वनका अध्यक्ष थारूले बताउनुभयो ।