शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

विमानस्थल अध्यागमनका प्रमुख भट्टराई मानव तस्करी प्रकरणमा पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ जेठ, २०८२ मा प्रकाशित
विमानस्थल अध्यागमनका प्रमुख भट्टराई मानव तस्करी प्रकरणमा पक्राउ
काठमाडौं, जेठ ७ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख तीर्थराज भट्टराई मानव तस्करीमा संलग्न गिरोहसँग मिलेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

उनले भिजिट भिसामा विदेश जाने यात्रुहरूसँग पैसा असुलेर पठाएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा भट्टराईको मोबाइल र कार्यालयका कागजातहरू नियन्त्रणमा लिइएको छ।

स्रोतका अनुसार उनीमार्फत दैनिक ४ सय जनासम्म विदेश पठाइँथ्यो र प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँ असुली हुन्थ्यो। उठेको रकम 'माथिसम्म' पुग्ने गरेको आरोप छ।

गृह मन्त्रालयले भट्टराईमाथि छानबिन सुरु भएपछि मंगलबार बेलुका उनलाई आकस्मिक रूपमा सरुवा गरेर पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई नयाँ अध्यागमन प्रमुख बनाएको थियो।

अहिले पनि विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियारको टोलीले छापा मारिरहेको छ। भट्टराई अख्तियारको नियन्त्रणमा छन् र सोधपुछ भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार