राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादी समूहसँग सहकार्य नहुने स्पष्ट पारेको छ।
पार्टीका कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले रास्वपा राजावादी गतिविधिमा सहभागी नहुने बताए। ‘हाम्रो समर्थन, ऐक्यबद्धता वा सहकार्य केही पनि हुँदैन,’ उनले भने, ‘हामी सहभागी हुँदैनौं।’
संवैधानिक राजतन्त्र, सनातन हिन्दु राष्ट्रको माग गर्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपालाई आन्दोलनमा सहकार्यको प्रस्तावसहित पत्र पठाएका थिए।
रास्वपाले उक्त प्रस्ताव अस्वीकार गर्दै कुनै पनि सहकार्य नहुने स्पष्ट पारेको छ। सुवेदीले पत्रमार्फत रास्वपा सभापति रवि लामिछाने न्यायबाट वञ्चित भएको उल्लेख गर्दै एकताको प्रस्ताव गरेका थिए। राजावादी समूहले यही जेठ १५ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । काठमाडौं उपत्यकामा मान्छे ल्याएर भए पनि आन्दोलनलाई सफल बनाउने उनीहरुको तयारी छ ।
र यो पनि…