
काठमाडौं, जेठ ८ :
नेपाल बैंकर्स संघका पदाधिकारीहरुले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
त्यस अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव झैं नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरेका थिए ।
नवनियुक्त गभर्नरले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौती समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।