काठमाडौं, कात्तिक १९ :
नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतका विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । सो क्रममा दुईपक्षीय सम्बन्धका बारे कुराकानी भएको बताइएको छ । त्यस्तै प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा समेत कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री बालेन मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारी भएपनि औपचारिक रुपमा घोषणा भएको छैन । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणमा सचिव मिश्री बुधबार नेपाल आएका हुन्।