
काठमाडौं, जेठ ८ :
प्रहरीको नियन्त्रणमा रहेका दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँले बिहीबार प्रसाईंलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
प्रहरीले तीनकुने घटनाका आरोपी प्रसाईंसहित ५३ जनालाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो। यसै घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका राप्रपाका नेता रवीन्द्र मिश्र,धवलशम्शेर राणालगायतका अदालतको आदेशले धरौटीमा रिहा भइसकेका छन् ।
प्रसाईंको नेतृत्वमा भएको त्यस दिनको प्रदर्शनमा दुई जनाको ज्यान जानुका साथै निजी र सरकारी सम्पत्तिमा आगजनी हुँदा करोडौंको क्षति भएको थियो ।