
काठमाडौं, जेठ ८ :
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा तेस्रो वडाध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ १५ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा १६ छात्र टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । चाबहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउनेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई जनही २५ सय नगदबाट पुरस्कृत गरिनेछ । एनआईसी एकेडेमी साबिक विजेता हो । पहिलो संस्करणमा नोब्स च्याम्पियन बनेको थियो ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । जेठ २१ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चाबहिलमा हुनेछन् ।
