
पूर्वराजा ज्ञानेन्द्र शाह। फाइल तस्बिर।
काठमाडौं, जेठ ८ :
पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पक्षधर चार नेतासँग सोल्टी होटलमा लन्च मिटिङ गरेका छन्।
बिहीबार भएको भेटमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपाल प्रमुख केशरबहादुर बिष्ट सहभागी थिए।
झन्डै एक घन्टा चलेको भेटवार्तामा आन्दोलनका सम्भावित रणनीतिबारे छलफल भएको स्रोतले जनाएको छ । तीनकुने घटनाप्रति सचेत रहेको भन्दै नेताहरुले आन्दोलन शान्तिपूर्ण हुनेबारेमा पूर्वराजालाई जानकारी गराएको बुझिएको छ ।
राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्रको घोषणालगायत मागसहित जेठ १५ देखि निर्णायक आन्दोलनको तयारी गरिरहेका राजावादी नेताहरू यसअघि पनि पूर्वराजासँग भेटघाट गरेका हुन् ।