आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार राजनीति

गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट

गृहमन्त्री लेखकलाई बर्खास्ती र कारबाहीको माग गर्दै शुक्रबार नै युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ जेठ, २०८२ मा प्रकाशित
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट
फाइल तस्बिर।
काठमाडौं, जेठ ९ :

गृहमन्त्री रमेश लेखकको बर्खास्तीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेस गरेकी हुन् । यद्यपि रिट दर्ता हुने/नहुनेबारे आइतबार मात्र निर्णय हुने सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

पैसा खाएर भिजिट भिसा दिने प्रकरणमा गृहमन्त्रीको सचिवालयका व्यक्तिहरू नै संलग्न भएको भन्दै छानबिनको माग आएका बेला गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै रिट परेको हो ।

दैनिक ५ लाखदेखि १ करोडसम्म उठाइएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयकै सदस्य जोडिएका छन् । गृहमन्त्री लेखकले गत असोज ३० गते विमानस्थल अध्यागमन कार्यालय पठाइएका सहसचिव तीर्थ भट्टराई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिइसकेका छन् ।

शुक्रबार मात्रै गृहमन्त्री लेखकलाई बर्खास्ती र कारबाहीको माग गर्दै युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार