बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

कांग्रेसले बोलायो पदाधिकारी बैठक, गृहमन्त्रीसँग जोडिएको घुस प्रकरणबारे पनि छलफल हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ जेठ, २०८२ मा प्रकाशित
कांग्रेसले बोलायो पदाधिकारी बैठक, गृहमन्त्रीसँग जोडिएको घुस प्रकरणबारे पनि छलफल हुने
काठमाडौं, जेठ ११ :

नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । भोलि (सोमबार) बिहान ९ बजे बस्ने गरी पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताको विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।

महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउन बैठक डाकिएको हो । थापा सदस्यता व्यवस्थापन समिति संयोजकसमेत हुन् ।

सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।

पार्टीतर्फबाट गृहमन्त्री बनेका रमेश लेखक घुस प्रकरणमा जोडिएको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ । पार्टीका कतिपय नेताहरुले मन्त्री लेखकको राजीनामा मागिरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार