सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार प्रदेश लुम्बिनी प्रदेश

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजु-बहिनीको मृत्यु

· सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजु-बहिनीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
कपिलवस्तु, जेठ १२ :

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका–५, जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा २४ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनाम यादवको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार चुलोको रेगुलेटरबाट ग्यास लिक भई एक्कासी आगलागी भएको थियो। आगोमा परेर गम्भीर घाइते भएका दुवैजनालाई राति नै उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेज लगिएको थियो।

उपचारकै क्रममा सोनामको मृत्यु भएको हो। त्यहाँ उपचार सम्भव नभएपछि शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुवैको शव पोस्टमार्टमका लागि भीम अस्पताल, भैरहवामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार