बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

माओवादी अध्यक्ष प्रचण्डले भने- एकताले ठुलो राजनीतिक ढोका खोल्नेछ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
माओवादी अध्यक्ष प्रचण्डले भने-  एकताले ठुलो राजनीतिक ढोका खोल्नेछ
काठमाडौं, जेठ १२ :

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अघि बढाइएको बताएका छन्।

ललितपुरमा आज आयोजित पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजनको प्रक्रिया औपचारिकरूपमा सुरु गरिएको जानकारी गराए।

‘गत आमचुनावदेखि नै विचार र राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर चलिरहेको छ,’ अध्यक्ष दाहालले भने, ‘सबै कम्युनिस्ट एक ठाउँमा आउँदा जनमत बलियो बन्छ, र यो एकताले ठुलो राजनीतिक ढोका खोल्नेछ।’

उनले समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग समेत छलफल जारी रहेको उल्लेख गर्दै महाधिवेशनपछि उनी पनि एकता प्रक्रियामा सहभागी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेताहरू औपचारिक रूपमा माओवादी केन्द्रमा समायोजित भएका छन्। समझदारी पत्रमा हस्ताक्षरपछि नेता गंगानारायण श्रेष्ठले विगतमा नेताहरूको दोष नहुँदा-नहुँदै पनि पार्टी टुक्रिएको भन्दै अब विचार र राजनीतिक एजेन्डा मिल्नेहरू एउटै छातामुनि आउनु आवश्यक भएको बताए।

महासचिव देव गुरूङले पनि समाजवादी क्रान्तिका लागि एकतालाई निरन्तरता दिइने जानकारी दिए। उनले पार्टी जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार अघि बढ्ने बताएका छन्। पार्टी समायोजनपछि नेता गंगानारायण श्रेष्ठलाई पार्टी सचिवको जिम्मेवारी दिइएको पनि उनले जानकारी गराए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार