आर्थिक वर्ष ०८१/८२ को आर्थिक सर्वेक्षण आज (मंगलबार) प्रतिनिधिसभामा पेस हुँदै छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसद्को बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभा बैठक आज ११ बजेका लागि बोलाइएको छ ।
संसद् सचिवालयद्वारा सार्वजनिक कार्यसूचीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, वन तथा वातावरणमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सकिएपछि आर्थिक सर्वेक्षण पेस गरिनेछ ।
सरकारले प्रत्येक वर्ष बजेटभन्दा अघिल्लो दिन आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आएको छ । यो सर्वेक्षणले मुलुकको पछिल्लो आर्थिक अवस्था, सरकारका नीति तथा कार्यक्रमको प्रभाव, तथा आर्थिक सूचकांकहरूको विश्लेषण प्रस्तुत गर्छ ।
सर्वेक्षणमार्फत आर्थिक वृद्धि, महँगी, व्यापार घाटा, राजस्व संकलन, सार्वजनिक संस्थानहरूको आम्दानी-नाफा-घाटा लगायतका तथ्यांक सार्वजनिक गरिनेछ ।
आगामी आर्थिक वर्षको बजेट निर्माणमा यही सर्वेक्षणलाई आधार मानिने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिन्छ । सरकारले आगामी जेठ १५ गते नयाँ बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
प्रधानमन्त्रीको सचिवालयले भन्यो- पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो