
काठमाडौँ, भदौ १९ :
प्रधानमन्त्री केपी शर्मा ओलीले समससामयिक राजनीतिक अबस्था, सरकारको काम कार्वाही बारेमा पार्टीको पोलिटब्युरो बैठकलाई जानकारी गराउनु भएको छ ।
अध्यक्ष ओलीले समाजमा देखिएका अराजकताका लागि अनुशासनहिन गतिविधि लगायतमा केन्द्रीत रहेर बैठकमा जानकारी गराउनु भएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ ।
पोलिटब्युरो बैठकमा आज नेकपा एमालेको बार्षिक कार्ययोजनाको प्रस्ताव प्रस्तुत भएको छ ।
पार्टी कार्यालय च्यासलमा आयोजित बैठकमा एमाले महासचिव शंकर पोखरेलले पार्टीको बार्षिक कार्ययोजनाको प्रस्ताव पेश गर्नु भएको हो । कार्ययोजनामा मुख्य गरेर पार्टिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने प्रस्ताव गरिएको छ ।