मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार खेलकुद क्रिकेट

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा बंगलादेशको क्लीन स्वीप

· मंगलबार, १९ भदौ, २०८१ मा प्रकाशित
पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा बंगलादेशको क्लीन स्वीप
काठमाडौँ, भदौ १९ :

बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ ।

सिरिजको दोस्रो टेस्टको पाँचौं दिन आज बंगलादेशले ६ विकेटले जित हासिल गर्दै सिरिज २-० ले क्लीन स्वीप गरेको हो ।

पाकिस्तानले दिएको १८५ रनको लक्ष्य पछाएको बंगलादेशले ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस टेस्टको पहिलो इनिंगमा पाकिस्तानले २७४ रन बनाएको थियो भने बंगलादेशले आफ्नो पहिलो इनिंगमा २६२ रन बनाएको थियो ।

त्यसपछि पाकिस्तानले दोस्रो इनिंगमा १७२ रन बनाएर अल आउट भएपछि बंगलादेशले १८५ रनको लक्ष्य पाएको थियो ।

यस अघि बंगलादेशले पाकिस्तानविरुद्ध पहिलो पटक टेस्ट खेल जितेको थियो । बंगलादेशले सिरिजको पहिलो टेस्ट १० विकेटले जितेको थियो ।।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार