
काठमाडौं, जेठ १३ :
नवनियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।
अधिवक्ता विशाल थापा लगायतको समूहले मंगलबार दर्ता गराएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई विपक्षी बनाइएको छ। रिटमा पौडेलको नियुक्ति खारेज गर्न माग गरिएको छ।
रिटमाथि बुधबार सुनुवाइ हुने तय भएको छ।यसअघि गभर्नर नियुक्ति रोक्न माग गर्दै दर्ता भएको रिट सर्वोच्चले दरपीठ गरेको थियो।