काठमाडौं, जेठ १४ :

काठमाडौं
न्युजिल्यान्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी आज (बुधबार) नेपाल आउन लागेका हुन् । उनको नेपाल भ्रमण बिहीबारसम्मका लागि रहनेछ । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली तथा नेपाली समकक्षी डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी नेपाल भ्रमणमा पहिलोपटक आउन लागेका हुन् ।

नेपाली समकक्षी राणासँगको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुनेछ । पिटर्सको सम्मानमा परराष्ट्रमन्त्री राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।