
काठमाडौं, जेठ १४ :
कास्की जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ११ बजेर ५६ मिनेटमा कास्कीको फुलिबाङ केन्द्र भएर भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको हो ।
यसअघि जेठ १२ गते सोमबार दिउँसो २ बजेर २५ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यस्तै जेठ ९ गते बैतडी सदरमुकाम केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा समेत महसुस गरिएको थियो ।