मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार कर्णाली प्रदेश

पूर्वराज्यमन्त्री गणेश खड्काको निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
पूर्वराज्यमन्त्री गणेश खड्काको निधन
काठमाडौं, जेठ १५ :

पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेस नेता गणेशबहादुर खड्काको बिहीबार ८३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि क्यान्सबाट पीडित खड्काको बिहीबार दैलेखको नारायण नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको हो । काठमाडौंबाट उपचारपछि एक साताअघि उनलाई घर लगिएको थियो ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट तीनपटक निर्वाचित खड्का २०४८ र २०५१ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस दैलेखका संस्थापक नेतासमेत रहेका खड्का २०५१ मा सहायकमन्त्री र २०६६ मा राज्यमन्त्री बनेका थिए । २०२५ सालदेखि राजनीतिमा सक्रिय खड्का २०२७ देखि २०३० सम्मका पार्टीको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार