बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा दक्षिण अफ्रिकी प्रशिक्षक पोथस नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा दक्षिण अफ्रिकी प्रशिक्षक पोथस नियुक्त
काठमाडौं, जेठ १५ :

नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ का लागि कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथासलाई नियुक्त गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथासलाई नियुक्त गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञपतिमा जनाइएको छ । यसअघि उहाँसँग श्रीलङ्का, वेस्ट इन्डिज र बङ्गलादेशका राष्ट्रिय टोलीसँग आबद्ध रहेको अनुभव छ ।

नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तयारीमा छ । यही जेठ १९ देखि २९ गतेसम्म स्कटल्यान्डमा हुने उक्त शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । पोथसको सहयोगमा नेपाली टोलीले प्रदर्शनमा सुधारसहित उत्कृष्ट खेल्ने अपेक्षा गरिएको क्यानका जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार