
काठमाडौँ, भदौ २० :
नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ ।
पार्टी कार्यालय च्यासलमा हिजोबाट सुरु भएको बैठकमा आगामी कार्ययोजनाका विषयमा छलफल जारी रहेको छ ।
महासचिव शङ्कर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोजनामा आज नेताहरूले आ- आफ्नो धारणा राख्ने तय भएको छ ।
एमालेले २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने उद्देश्यसहितको कार्ययोजना अघि बढाएको छ ।