
काठमाडौं, जेठ १५ :
सरकारले वृद्धभत्ता पाउने उमेर हद बढाएको छ। अब आगामी आर्थिक वर्षदेखि ७० वर्ष पूरा भएका नागरिकले मात्र वृद्धभत्ता पाउने व्यवस्था गरिएको छ।
हालसम्म ६८ वर्ष पुगेपछि दिइँदै आएको भत्ता अब ७० वर्षमा सीमित गरिने भएको हो।
अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई आधार मानेर यो निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार हाल भत्ता पाइरहेका, दुर्गम क्षेत्र र लक्षित वर्गका ज्येष्ठ नागरिकका हकमा भने उमेरको व्यवस्था यथावत् रहनेछ।