सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
कर्पोरेट

गणतन्त्र दिवसमा टेलिकमको विशेष अफर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
गणतन्त्र दिवसमा टेलिकमको विशेष अफर
काठमाडौं, जेठ १५ :

गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाल टेलिकमले विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले जेठ १४ देखि १६ गतेसम्म लागु हुने गरी विभिन्न डेटा प्याक तथा फेस्टिभ कम्बो प्याक अफर ल्याएको हो ।

यस अफरमा ६ जीबी डेटा १११ रुपैयाँ, १३ जीबी डेटा १९९ रुपैयाँ, २० जीबी डेटा २९९ रुपैयाँ र ३० जीबी डेटा ३९९ रुपैयाँमा उपलब्ध छ ।

यस्तै १ एमबीपीएस स्पिडसहितको अनलिमिटेड डेटा र १०० मिनेट एनटी-एनटी भ्वाइस सेवा ४९ रुपैयाँमा प्रदान गरिएको छ ।

यही अवसरमा फेस्टिभ कम्बो प्याकअन्तर्गत ३० जीबी डेटा, ६०० मिनेट सबै नेटवर्कमा भ्वाइस र २०० एसएमएस रहेको प्याक ७८९ रुपैयाँमा उपलब्ध छ । जुन प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिनसम्म प्रयोग गर्न सकिनेछ ।

अफर लिनका लागि *1415*11# डायल गर्न वा नेपाल टेलिकमको एप प्रयोग गर्न सकिनेछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार