काठमाडौं, जेठ १६ :
हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडक सञ्चालनमा आएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका ८ स्थित बागमती खोलामा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो । उक्त स्थानमा पुनः डाइभर्सन मर्मत गरिएपछि आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले उक्त सडक खण्डमा पर्ने बगुवा पुलको बेलिब्रिज पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको छ ।
यस्तै बिहीबार बिहान उक्त सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ८, भर्याङडाडाँमा माथिबाट खसेको ढुंगासहितको सुक्खा पहिरो खसेकामा पहिरो हटाइएको अर्यालले जनाए ।