सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

राजेन्द्र लिङ्देनको दाबी : दुई दिनको प्रदर्शनले नै सरकार डरायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
राजेन्द्र लिङ्देनको दाबी : दुई दिनको प्रदर्शनले नै सरकार डरायो
फाइल फोटो ।
काठमाडाैं, जेठ १७ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार राजसंस्था समर्थकहरूको आन्दोलनसँग डराएको टिप्पणी गरेका छन्।

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको शनिबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले निषेधित क्षेत्र घोषणा गर्नु सरकारको कमजोरीको संकेत भएको दाबी गरे।

उनले भने,  ‘हिजोसम्म निषेधित क्षेत्र नभएको स्थानलाई प्रदर्शनको अड्कलबाजीमै निषेधित घोषणा गर्नु सरकार कमजोर भएको प्रमाण हो।”

लिङ्देनले राजधानीमा भएको दुई दिने प्रदर्शनको प्रभावले सरकारले डराएर नारायणहिटी आसपास निषेधित क्षेत्र बनाएको तर्क गरे। उनले गणतन्त्र झनै कमजोर हुँदै गएको दाबीसमेत गरे।

उनका अनुसार बैठकमा आन्दोलन उत्साहजनक रहेको निष्कर्ष निकाल्दै आगामी कार्यक्रम थप सशक्त बनाउने निर्णय गरिएको छ। आन्दोलन समितिको निर्देशनमा सबै संरचना परिचालन गरिने पनि उनले बताए।

राप्रपाले जेठ १५ र १६ गते काठमाडौँमा राजसंस्था र हिन्दुराष्ट्रको समर्थनमा प्रदर्शन गरेको थियो। त्यसपछि जेठ १६ मा काठमाडौं प्रशासनले नारायणहिटी आसपास निषेधित क्षेत्र घोषणा गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार