सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
राजनीति बागमती प्रदेश

जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक : नेता सिटौला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक : नेता सिटौला
फाइल फोटो ।
दोलखा, जेठ १७ :

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन्।

दोलखाको चरिकोटमा सुरु भएको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै उनले सबै दलको सहमतिमा संविधान संशोधन हुने दाबी गरे।

‘देशको हितका लागि अब सबै दल एकजुट हुनुपर्ने बेला आएको छ,’सिटौलाले भने, ‘दलबीच प्रतिस्पर्धा स्वाभाविक हो, तर जनताको अधिकार सुनिश्चित गर्न सहमति आवश्यक छ।’

उनले देशको अर्थतन्त्र अझै कमजोर रहेको उल्लेख गर्दै सीमित स्रोतसाधनबाटै जनताको अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए।

यसअघि नेता सिटौलाले दोलखाको कांग्रेस कार्यालय बीपी प्रतिष्ठानको नयाँ भवनको शिलान्यास गरेका थिए।

त्यसै कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले खेलकुद बजेट दोब्बरले बढाउने तयारी गरेको जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार