सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार प्रदेश कोसी प्रदेश

१६ घण्टापछि धरान-धनकुटा सडक एकतर्फी सञ्चालनमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
१६ घण्टापछि धरान-धनकुटा सडक एकतर्फी सञ्चालनमा
धरान, जेठ १७ :

अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले धरान-धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको कोशी राजमार्ग १६ घण्टापछि आज साँझ एकतर्फी सञ्चालनमा आएको छ।

साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी मूलघाटमा आज बिहान करिब ३ बजे खोलाले सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालका अनुसार अस्थायी डाइभर्सन निर्माण गरी साँझ करिब ७ बजेदेखि एकतर्फी सवारी सञ्चालन गरिएको हो।

सडक अवरुद्ध हुँदा धरान र धनकुटातर्फ गइरहेका सवारीसाधन बाटोमै अलपत्र परेका थिए। यात्रुहरूलाई नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइएको थियो।

यातायात ठप्प हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट भेडेटार, धनकुटा, भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जाने सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार