काठमाडौं, जेठ १८ :

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रुपन्देहीको बेलहियाबाट रायलाई पक्राउ गरेको हो ।

बाँकेका राय २०७६ देखि २०७९ सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो । रायमाथि दुई अर्ब ५० करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।

बैंकमा भएको अपचलनको अनुसन्धान सुरु भएपछि उनी फरार थिए । उनलाई ब्युरोबाट खटिएको अनुसन्धान टोलीले शनिबार पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।