आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति भिडियो

थोरै कार्बन उत्सर्जन गरेको नेपालले धेरै असर भोग्नुपरेको छ : देउवा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ जेठ, २०८२ मा प्रकाशित
थोरै कार्बन उत्सर्जन गरेको नेपालले धेरै असर भोग्नुपरेको छ : देउवा
ललितपुर, जेठ १८ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै राजनीतिक दलहरुको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्।

सानेपास्थित पार्टी कार्यालयमा आइतबार  आयोजित ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार’ कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपालले थोरै कार्बन उत्सर्जन गरे पनि धेरै असर भोग्नुपरेको बताए। उनले हिमाल पग्लँदा माथिल्लो क्षेत्रसँगै तल्लो तटीय क्षेत्रका मानिसहरू पनि प्रभावित भएको बताए।

उनले नेपालले जलवायु परिवर्तन रोक्न गरिरहेका प्रयासहरू अन्तर्राष्ट्रिय सम्मेलन कोप ३० मा देखाउनुपर्ने बताए।

सभापति देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाएर स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नुपर्ने बताए। उनले विद्युत् प्रयोग गर्दा व्यापार घाटा घट्ने र अर्थतन्त्रमा पनि फाइदा हुने धारणा राखे।

‘पेट्रोलको सट्टा बिजुलीबाट धेरै काम गर्न सकिन्छ,’ देउवाले भने, ‘विद्युतीय सवारी बढाउनु पर्छ। अरु विद्युतीय उपकरणको प्रयोग पनि बढाउनु पर्छ।’

देउवाले विद्यालय र विश्वविद्यालयमा जलवायु शिक्षा समावेश गर्नुपर्ने बताए। उनले बाढी प्रभावित क्षेत्रमा पूर्वसूचना प्रणाली, सुख्खा तराईमा सिँचाइ र खानेपानीको व्यवस्था, पहाडी क्षेत्रमा भूक्षय रोकथाम, हिमताल संरक्षण र हिमाली क्षेत्रमा फोहोर व्यवस्थापनको कार्यक्रम गर्नुपर्ने बताए।

उनले वातावरण संरक्षणका काममा सबै मिलेर लाग्नुपर्ने र कांग्रेसले त्यसको अगुवाइ गर्न तयार रहेको दोहोर्‍याए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार