काठमाडौं, जेठ १९ :

नेप्से सोमबार १.६० अंकले बढेर २,६९४.६६ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने ०.२१ अंकले घटेर ४६०.९८ अंकमा पुगेको छ ।

नेप्सेमा आज (सोमबार) ३१४ वटा कम्पनीका सेयर कारोबार भए । जसमा ८३ हजार १६ पटकको कारोबारमा दुई करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम नौ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा ६ वटाको सूचक घटेर बाँकीको बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा ओम मेगाश्री हाइड्रोपावर लिमिटेड र पियोर इनर्जी लिमिटेड परे । यी दुवै कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढे ।

बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । भूगोल इनर्जीको सेयर मूल्य ६.४५ प्रतिशतले घटेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने ङादी ग्रुप पावर लिमिटेड परेको छ । ङादीको अन्तिम कारोबार मूल्य ३८८ रुपैयाँ कायम रह्यो ।