काठमाडौं, जेठ २० :

सदनको गतिरोध  अन्त्यका लागि सभामुख देवराज घिमिरेले पहल गरिरहेका छन् । बिहान ११ बजे बस्ने तय गरिएको प्रतिनिधिसभा बैठक विपक्षीको अवरोध र अडानका कारण अझै बस्न सकेको छैन ।

प्रतिनिधिसभाको बैठक नियमित गर्ने प्रयासमा सभामुख घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा घिमिरेले माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । घिमिरेको सचिवालयका अनुसार अहिले उनले नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् ।