शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार मनाेरञ्जन

चलचित्र ‘द ब्ल्यू लाइट’ को शुभमुहूर्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
चलचित्र ‘द ब्ल्यू लाइट’ को शुभमुहूर्त
काठमाडौं, जेठ २० :

चलचित्र ‘द ब्ल्यू लाइट’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार निर्माणपक्षले शुभमुहूर्त गरेको हो ।

शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति थियो । शुभमुहूर्तसँगै चलचित्रको छायांकन २२ गते बिहीबारबाट सुरु हुनेछ ।

काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने यस चलचित्रको छायाकंन तालिका २० दिन तय गरिएको छ ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन रहनेछ । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । उनको यो डेब्यु निर्देशन हो ।

चलचित्रको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । थिम पोस्टरमा नीलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन् । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ । उनको जुङरुङ कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।

‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिष्मा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को-प्रोडुसरका रुपमा रमन ग्रे रहनेछन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् ।

आकाश उखेडा मख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

निर्देशक चौहानले चलचित्रको कथावस्तु गोप्य राखेका छन् । ‘विस्तारै हाम्रा प्रचार कन्टेनमार्फत कथावस्तुबारे हामी जानकारी दिँदै जानेछौँ,’ उनले भने, ‘हामी यो जानराकै एक उत्कृष्ट सिनेमा बनाउनेछौँ । दर्शकले रुचाउने चलचित्र बनाउनेछौँ ।’ ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार