मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार मनाेरञ्जन

प्रचण्डको क्यारिकेचर गर्ने कलाकार घनश्याम गौतमको निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
प्रचण्डको क्यारिकेचर गर्ने कलाकार घनश्याम गौतमको निधन
काठमाडौं, जेठ २० :

कलाकार घनश्याम गौतमको निधन भएको छ । टेलिशृंखला, प्रहसनहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्यारिकेचर गरेर चर्चित बनेका गौतमको गएराति ४३ वर्षको उमेरमा निधन भएको हो ।

उनी दुई वर्षदेखि आन्द्राको क्यान्सर रोगबाट पीडित थिए । उनको भक्तपुर ताथलीमा रहेको काठमाडौं क्यान्सर अस्तालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

कलाकार गौतमको फेसबुक एकाउन्टबाट मंगलबार राति १:०५ बजेको समयमा एउटा तस्बिरसहितको पोस्टमा भनिएको छ, ‘अब हामी माझ रहनु भएन ! हार्दिक श्रद्धाञ्जली ।’

रंग क्षेत्रमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक, कचहरीमा पनि अभिनय गर्थे । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार