सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन #धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन
राजनीति

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी भन्छन्- जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ जेठ, २०८२ मा प्रकाशित
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी भन्छन्- जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ
काठमाडौं, जेठ २२ :

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको प्रतिक्रिया दिएका छन्।

उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई सुधार गरी उन्नत र समृद्ध बनाउनेतर्फ लाग्न सबै तह र तप्कालाई आह्वान गरे।

पूर्वअध्यक्ष रेग्मीले भने, ‘गणतन्त्रको प्रतिफल पाए र जनता खुसी र सुखी भए भने लोकतन्त्र आफैँ बलियो र समृद्ध हुन्छ ।’ ठुलो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रलाई सुदृढ तुल्याउन समयमा कानुन निमार्ण र योजना बनाउन आवश्यक रहेको जनाउँदै उनले कतिपय अभ्यासमा देखिएका कमीकमजोरी र स्रोतसाधनको अभावले सुनिएका निराशालाई अन्त्य गर्दै लैजानुपर्नेमा जोड दिए ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले पहिलो संविधानसभाले संविधान दिन नसकेर विघटन भई राजनीतिक अन्योल र जटिल परिस्थितिमा सरकारको नेतृत्व गरी आफूले निर्वाचन गराएको स्मरण गर्दै सोही संविधानसभाबाट जारी संविधान कार्यान्वनमा जानु आफ्ना लागि गौरवको विषय भएको बताए । उनले स्रोत व्यवस्थानपन र अभ्यासका क्रममा देखिएका केही कमीकमजोरीलाई तत्कालै सुधार गरेर लैजान सकिने प्रतिक्रिया दिए । -रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार